महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य | Khabarhub Khabarhub

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको जलेश्वर र बर्दिबासमा कोभिड-१९ विरुद्धको खोप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपको पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई समेत अगाडि बढाइने उनले बताए ।

पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकमामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ। अहिलेसम्म जिल्लाको कुल जनसंख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्रो डोज खोप लिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

खोप नै लगाउन नपाएका मुसहर समुदायका लागिसमेत लक्षित गरी खोप अभियान तीब्र बनाइने उनले बताए । १२ (१७ वर्ष उमेरका बालबालिकाका लागि लक्षित खोप झण्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने छिटफुट भएका ठाउँमा पुनस् खोप अभियान चलाउने प्रमुख यादवले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : १५ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो