सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा « Khabarhub

सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए ।

केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि विशेष रह्यो । जहाँ एक–दुई मात्र नभई कैयौं अभिनेत्रीले आफ्नो दमदार अभिनयको छाप छोडे ।

यो वर्ष हुमा कुरैशी र विद्या बालनदेखि लिएर ओटीटीमा डेब्यू गरेकी दक्षिण भारतीय सुपरस्टार समन्था, रवीना टण्डन र लारा दत्ताले ओटीटीमा आफ्नो अभिनयको छाप छोडे ।

कोरोना संक्रमणको मामला कम हुनासाथ थिएटर पुनः खुले, तर यसको पर्खाइ बिना नै महिला प्रधान फिल्म निर्मातहरुले ओटीटीमा बेचिदिए । यी सबै फिल्मबाट अभिनेत्रीहरुले राम्रो चर्चा पाए । ओटीटीबाट रिलिज हुने फिल्ममा पहिलो सुरुवात ‘मिमी’बाट भयो ।

फिल्म समीक्षकका अनुसार फिल्ममा अभिनेत्री कृति सेननले आफ्नो करियरकै प्रभावशाली अभिनय गरेकी थिइन् । यसमा उनी ‘परम सुन्दरी’ गीतको लोकप्रियतादेखि लिएर सरोगेट आमाको भूमिकामा देखिएकी थिइन् । फिल्मको सबै जिम्मेवारी आफ्नो हातमा लिँदै कृतिले सरोगेसी जस्तो महत्वपूर्ण संवेदनशिल विषयलाई निकै उत्कृष्ट ढंगले निर्वाह गरेकी थिइन् ।

‘अजीब दास्ता’ वेब शोका साथ अभिनेत्री नुसरत भरुचाका लागि यो वर्ष निकै राम्रो रह्यो । यो फिल्मबाट उनले ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘एशियन कन्टेन्ट अवार्ड’मा ‘सर्वश्रेष्ठ अभिनेत्री’को सूचीमा मनोनित हुने अवसर पाइन् । यो फिल्म उनको करियरमा एक टर्निङ पोइन्ट साबित भयो किनकी उनले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर पाइला राखिन् र फिल्मलाई एक महत्वपूर्ण सन्देशका साथ अगाडि बढाइन् ।

उनले अभिनय गरेको फिल्म ‘छोरी’ले कन्या भ्रुण हत्याविरुद्ध आवाज उठाएको थियो । यो फिल्म नुसरत प्रति दर्शकको बुझाईलाई परिवर्तन गर्न सफल रह्यो ।

अभिनेत्री विद्या वालनको फिल्म ‘शकुन्तला देवी’लाई ओटीटीमा दर्शकले मनपराए । यसै वर्ष अमेजन प्राइममा विद्याको फिल्म ‘शेरनी’को लोकप्रियता उत्तिकै रह्यो ।

यो फिल्म जंगली जनावरको संरक्षण गर्नुपर्ने विषयमा आधारित थियो । विद्या ती अभिनेत्रीमा पर्छिन्, जसले कैयौं महिला प्रधान फिल्मलाई दर्शकसम्म मात्र पुर्‍याइनन्, त्यसलाई सफलताको उचाईसम्म लगिन् ।

दर्शकको मन जित्न सफल अभिनेत्री तापसी पन्नुको फिल्म ‘रश्मी रुकेट’ यसै वर्ष रिलिज भयो । ‘हसीन दिलरुबा’ पछि यो उनको दोस्रो ओटीटी फिल्म थियो । यो फिल्मले भारतीय तेज धाविका दुती चान्दको सम्झना दिलाउछ । जसले जेण्डर टेस्टमा असफल भएपछि एशियन गेममा खेल्ने मौका गुमाएकी थिइन् । फिल्ममा तापसीको भूमिका त्यसरी नै देखाइयो, जसले उनलाई छोरी कम छोरा ज्यादा सम्झन्थे ।

फिल्ममा उनी रकेटजस्तै उड्नेवाला धाविका छिन् । जिन्दगीको उतारचढावपछि उनले राष्ट्रिय टिममा सहभागिताको अवसर पाउछिन् ।

यो वर्ष रिलिज फिल्म ‘बेल बटम’मा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिकामा अभिनय गरेर सबैलाई अचम्मित बनाएकी थिइन् । उनी यसै वर्ष ओटीटीमा डेब्यू गरिन् । उनी अभिनित शो ‘हिकअप्स एण्ड हुकअप्स’ ओटीटीमा रिलिज भएको थियो । यो शोमा लाराले ४० वर्षकी एकल आमा वसुको भूमिका निर्वाह गरेकी थिइन्, जो जीवनसाथीको खोजीमा हुन्छिन् ।

अभिनेत्री समान्था रुथ प्रभुले मनोज वाजपेयीसँग ओटीटी वेब सिरिज ‘फेमिली मेन सिजन २’मा दमदार भूमिका निर्वाह गरेकी थिइन् । उनले यो सिरिजका साथ डिजिटल प्लेटफर्ममा डेब्यू गरेकी थिइन् । ‘फेमिली मेन सिजन २’मा समान्था ‘राजी’ नामको भूमिकामा थिइन्, जो आतंकवादीसँग मिलेर काम गर्छिन् ।

राजीको भूमिकामा समान्थालाई निकै खुंखार देखिन्छ । उनी प्रहरीलाई लामो समयसम्म झुक्याएर एक उद्योगमा काम गर्छिन् र पछि उनीहरुलाई मारेर फरार हुन्छिन् । उनले यो फिल्मका लागि ‘फिल्म फेयर ओटीटी अवार्ड’मा ‘सर्वश्रेष्ठ अभिनेत्री’को अवार्ड नै जितिन् ।

बलिउड फिल्ममा आफ्नो छाप छोडिसकेकी अभिनेत्री रवीना टण्डनले नेटफ्लिक्स शो ‘अरण्यक’बाट आफ्नो डिजिटल डेब्यू गरिन् । रवीनाको यो क्राइम–थ्रिलरलाई दर्शकले निकै मनपराए । ‘अरण्यक’को कथा रवीनाको भूमिका कस्तुरी डोगरा वरपर घुम्छ । जो एक आमासँगै प्रहरी अधिकृत पनि हुन्छिन् ।

गत वर्ष हटस्टारमा रिलिज अभिनेत्री सुस्मिता सेनको वेब सिरिज ‘आर्या’लाई दर्शकले निकै मनपराएका थिए । यसपछि आएको ‘आर्या २’ ले पनि उत्तिकै तारिफ पायो । सुस्मिताले आफ्नो शैली, अभिनयकाकारण दर्शकको मन जितिन् । फिल्ममा उनको दमदार संवादसँगै स्टण्टले पनि चर्चा पायो ।

बलिउड अभिनेत्री हुमा कुरैशीको वेब सिरिज ‘महारानी’ले यो वर्ष खुबै चर्चा पायो । ‘महारानी’मा उनको भूमिका एक साधारण गृहिणीदेखि लिएर राजनीतिमा पाइला चालेकोसम्म देखाइएको छ । सिरिजमा उनको नाम भारती हुन्छ, जो आफ्नो सन्तानका साथ बिहारको एक गाउँमा बस्छिन् । उनको जिन्दगीमा कैयौं उथलपुथल भएपछि उनी बिहारको मुख्यमन्त्री बन्छिन् ।

अभिनेत्री सुप्रिया पाठक हरेक भूमिकामा अभिनय गर्न सक्षम अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनको कमेडीदेखि ‘दबंग’ महिलासम्मको भूमिका दर्शकका लागि उत्तिकै रुचीकर छ । ओटीटी प्लेटफर्म सोनी लिवको शो ‘टब्बर’मा सुप्रियाले सरगुनको भूमिका निर्वाह गरेकी थिइन् । जो आफ्नो छोराको सुरक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छिन् ।

उनले एमएक्स प्लेयरको शो ‘कार्टेल’मा रानी माईको भूमिका निर्वाह गरिन् । जो माफिया परिवार चलाउछिन् । यी दुवै शोमा उनको भूमिकालाई दर्शकले उत्तिकै माया गरे ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ४८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ