सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता « Khabarhub

सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।

प्रचण्डको जवाफ :

देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुने गरी उद्घाटन सत्र सुरु भयो । प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो । महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रह्यो ।

हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।

कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो। कसैले २१शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दिमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।

तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।

दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात ग¥यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो । यही रुपमा इतिहासमा दर्ज भयो।

प्रतिवेदन गोपनीयता राख्ने कुरा पनि छ । यहि भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाउँ भनेको हो र कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।

हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भयो ।

मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छकी भन्ने चिन्ता गरे जस्तो गरेर आलोचना भयो । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।

यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मुल स्प्रिट सही छ भनुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । तर, त्यो पनि सुझाव नै हो । म तपाइँहरूलाई विश्वास के दिलाउन चाहन्छु, यो सिँगैै हलको साझा प्रतिवेदन भयो । सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरूले पाउनुहुन्छ । सबै सुझाव समेटिन्छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ५४ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप