सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता « Khabarhub

सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।

प्रचण्डको जवाफ :

देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुने गरी उद्घाटन सत्र सुरु भयो । प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो । महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रह्यो ।

हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।

कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो। कसैले २१शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दिमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।

तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।

दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात ग¥यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो । यही रुपमा इतिहासमा दर्ज भयो।

प्रतिवेदन गोपनीयता राख्ने कुरा पनि छ । यहि भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाउँ भनेको हो र कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।

हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भयो ।

मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छकी भन्ने चिन्ता गरे जस्तो गरेर आलोचना भयो । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।

यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मुल स्प्रिट सही छ भनुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । तर, त्यो पनि सुझाव नै हो । म तपाइँहरूलाई विश्वास के दिलाउन चाहन्छु, यो सिँगैै हलको साझा प्रतिवेदन भयो । सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरूले पाउनुहुन्छ । सबै सुझाव समेटिन्छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको