एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता, माधव नेपालले गरे स्वागत (भिडियो) « Khabarhub

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता, माधव नेपालले गरे स्वागत (भिडियो)


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे ।

वाम एकता संवाद कार्यदलले काठमाडौँमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा फस्ने पार्टी कम्युनिष्ट नै नहुने दावी गर्दै आफूहरु जनतादेखि जनतासम्म भन्ने अभियानलाई केन्द्रमा राखेर जनजिविकाका सवालहरु बोकेर राजनीति गरिरहेको बताए।

लोकप्रियता हासिल गर्ने नाममा विकृतिले राजनीतिक दलहरुले बाटो छाड्ने गरेको सन्दर्भ उठाउँदै अध्यक्ष नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विकृतिको ओरालो बाटोमा हिँडाएकाले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको बाटोमा उठाएको बताउँदै सम्पूर्ण वामपन्थी, प्रगतिशील, गणतान्त्रिक र समाजवाद पक्षधर शक्तिहरु गोलबन्द हुने वातावरण बनिरहेको दाबी गरे ।

एक सातामै दुई राजनीतिक दलहरुलाई एकीकृत समाजवादीमा एकीकृत गराएको तथ्यले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एकीकृत समाजवादी हुने स्पष्ट भएको बताए। नेपालले अलमलमा रहेका र बाटो विराएकाहरुलाई एकीकृत समाजवादीमा आएर जनताकेन्द्रित काम गर्न आग्रह गरे ।

पार्टी एकता कार्यक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक भण्डारीले समाजवादी क्रान्ति र जनपक्षीय एजेन्डा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने सम्भावना देखेरै आफूहरुले पार्टी एकता गरेको बताए । वाम एकता तथा सम्वाद कार्यदलका संयोजक तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बृहत् कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने सोच भएकाले साना ठूला कम्युनिष्ट शक्तिहरुलाई गोलबद्ध गर्दै लगिने बताए ।

एकता अभियानमा जोडिएका सम्पूर्णलाई क्षमता तथा सम्भावनाका आधारमा उपयुक्त जिम्मेवारी दिइने कार्यदल सदस्य तथा उपमहासचिव डा।विजय पौडेलले बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ६ : ४० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका