राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने « Khabarhub

राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– चार वर्षको कार्यकाल पूरा गरेका राष्ट्रियसभाका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका थिए ।

अहिले थप तीन जनाको पदावधि सकिन लागेको छ । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाबाट निर्वाचित भएका हुन् भने खीमकुमार विक दलित कोटाका सांसद थिए ।

शान्तिकुमारी अधिकारी तत्कालीन एमालेको महिला कोटामा निर्वाचित भएकी थिइन् । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । गण्डकीमा २ सय २९ जना मतदाता छन् । ६० सदस्यीय प्रदेशसभामा हाल ५९ जना सांसद छन् । स्थानीय तहका १ सय ७० जना जनप्रतिनिधि छन् ।

प्रदेश सांसदको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । स्थानीय तह कांग्रेसको बहुमत भए पनि प्रदेशसभामा भने एमाले सांसद धेरै छन् । गठबन्धन नयाँ बनेका कारण चुनावी नतिजा पहिलेभन्दा फरक आउने देखिन्छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै