चेम्बर अफ कमर्सको वार्षिकोत्सवका अवसरमा हुलाक टिकटमा टाँचा « Khabarhub

चेम्बर अफ कमर्सको वार्षिकोत्सवका अवसरमा हुलाक टिकटमा टाँचा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित हुलाक टिकटमा टाँचा लगाइएको छ । वार्षिकोत्सवको अवसरमा प्रकाशित रु ५ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले टाँचा लगाएका हुन् ।

चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरेकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयप्रति आभार प्रकट गरे।

आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए।

नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै मल्लले निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए ।

सो अवसरमा संचार तथा सूचना प्रबिधि सचिव डा.वैकुण्ठ अयोलले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए।

संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघि नै मुलुकमा सुशासनमार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्देश्य हासिल गर्न हामी सवैको लक्ष समान रहेको बताए।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४० बजे

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु