चेम्बर अफ कमर्सको वार्षिकोत्सवका अवसरमा हुलाक टिकटमा टाँचा « Khabarhub

चेम्बर अफ कमर्सको वार्षिकोत्सवका अवसरमा हुलाक टिकटमा टाँचा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित हुलाक टिकटमा टाँचा लगाइएको छ । वार्षिकोत्सवको अवसरमा प्रकाशित रु ५ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले टाँचा लगाएका हुन् ।

चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरेकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयप्रति आभार प्रकट गरे।

आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए।

नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै मल्लले निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए ।

सो अवसरमा संचार तथा सूचना प्रबिधि सचिव डा.वैकुण्ठ अयोलले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए।

संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघि नै मुलुकमा सुशासनमार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्देश्य हासिल गर्न हामी सवैको लक्ष समान रहेको बताए।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा