र्‍यापर लाहुेरसँगै ब्राउनसुगरसहित पक्राउ पर्ने अरु तीनजना को हुन् ? « Khabarhub

र्‍यापर लाहुेरसँगै ब्राउनसुगरसहित पक्राउ पर्ने अरु तीनजना को हुन् ?


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्की प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाहुरेसहित ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई गत बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान पश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको थियो ।

प्रहरीले पक्राउ पर्नेहरु लागू औषध कारोबारी रहेको दाबी गरेको छ । प्रहरीले उनीहरुको साथबाट डिजटल तराजु १ थान, नगद ३८,३५०, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

जिल्ला अदालत कास्कीले उनीहरु चारैजनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

 

पक्राउ पर्नेहरुः
१ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।

२ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २१ घर भई हाल वडा नं १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।

३ जिल्ला कास्की रुपा गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।

४ जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : १० बजे

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी– थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट