र्‍यापर लाहुेरसँगै ब्राउनसुगरसहित पक्राउ पर्ने अरु तीनजना को हुन् ? « Khabarhub

र्‍यापर लाहुेरसँगै ब्राउनसुगरसहित पक्राउ पर्ने अरु तीनजना को हुन् ?


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्की प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाहुरेसहित ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई गत बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान पश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको थियो ।

प्रहरीले पक्राउ पर्नेहरु लागू औषध कारोबारी रहेको दाबी गरेको छ । प्रहरीले उनीहरुको साथबाट डिजटल तराजु १ थान, नगद ३८,३५०, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

जिल्ला अदालत कास्कीले उनीहरु चारैजनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

 

पक्राउ पर्नेहरुः
१ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।

२ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २१ घर भई हाल वडा नं १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।

३ जिल्ला कास्की रुपा गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।

४ जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : १० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका