सीके राउतका ९ जना कार्यकर्ता पक्राउ « Khabarhub

सीके राउतका ९ जना कार्यकर्ता पक्राउ


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । जनमत पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो ।

सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै