राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको शुक्रबार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् ।

महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ । पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन–तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो । रासस

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै