अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा « Khabarhub

अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरुसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो ।

अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको बलमा अध्यक्षको लागि उम्मेदवार बन्ने उनले तर्क गरे ।

जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिए । टिके प्रथाबाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको उनले बताए ।

शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दाबी गरे । उनले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दाबी नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गल्ती गरेको उनले बताए ।

शाहले अध्यक्षको उम्मेदवार कुनै बार्गेनिङ गर्नका लागि नभई एमालेलाई बलियो बनाउनको लागि भएको तर्क गरे ।

२०४७ सालमा बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, इन्चार्ज हुँदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि जिल्लाको संगठन विभाग प्रमुख बनेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनी अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार प्रमुख छन् ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ४० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले