रुघाले नाक बन्द भए यसरी खुलाउन सकिन्छ « Khabarhub

रुघाले नाक बन्द भए यसरी खुलाउन सकिन्छ


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोको मौसममा रुघाखोकीले मानिसलाई निकै सताउँछ । अझ पुसको चिसो मौसममा हाँच्छ्युँ गर्ने र खोक्नेहरु धेरै भेटिन्छन् । यस्तोमा रुघा सर्ने सम्भावना बढेर जान्छ । कतिपय अवस्थामा त रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आउँछ । यस्तोमा सजिलो गरी सास फेर्न र बन्द नाक खोल्न समस्या हुन्छ ? यस्तोमा के गर्ने ?

च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् । यही बेला चोरी औँला र माझी औँलाले निधारमा आँखीभौँको बीच भागमा एक सेकेन्डका लागि थिच्ने र रोकिने । यो क्रम कहिबेर दोहोराउने । यी दुवै अभ्यास एकै चोटि गर्दा बन्द नाक खुल्छ ।

अर्को विकल्पमा गहिरो सास लिने त्यसपछि टाउको पछिल्तिर झुकाउने र चोरी औँला र बुढी औँलाले नाक थिच्ने । सम्भव भएसम्म यसरी नै नाक थुनेर कहिबेर उभिने । गाह्रो भएमा औँला हटाउने । यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहोराउने । राति सुत्नुअघि यी अभ्यास गरे रातभर आनन्दपूर्वक सुत्न सकिन्छ । साथै केही आराम पनि मिल्दछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २० बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने