बच्चालाई कति समय स्क्रिन हेर्न दिने ? « Khabarhub

बच्चालाई कति समय स्क्रिन हेर्न दिने ?


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक अभिभावका लागि अहिले बच्चाहरुको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु भए पनि बच्चाहरुमा रहेको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ ।

स्क्रिन हेर्ने लत लाग्न नदिनुहोस् ।

– दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन हुँदैन ।

– २ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।

– अनलाइन कक्षामा भए पनि बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।

– बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।

–  कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरीमा स्क्रिन राख्ने ।

– स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।

– आँखामा समस्या नआउँदै गाँजर, सागपात, आपँ जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।

– बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।

– विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।

– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।

– अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।

धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा झिम्काउने संख्यालाई कम हुन्छ र आँखा सुख्खा बन्छ यसले आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ३९ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको