स्थानीयको अवरोधले तिनाउ–दानव कोरिडोर अनिश्चित « Khabarhub

स्थानीयको अवरोधले तिनाउ–दानव कोरिडोर अनिश्चित


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – महत्वाकांक्षी परियोजना मानिएको तिनाउ-दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको काम २५ प्रतिशत पनि पूरा नहुँदै अवरोध हुन थालेपछि अनिश्चित बनेको हो ।

यो मुलुकको राष्ट्रिय गौरवको आयोजना हो । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुवैतर्फ बाइपास सडक बनाउने छ ।

एकातिर स्थानीयको अवरोध र अर्कोतर्फ सडकले जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले उच्च अदालत तुलसीपुरमा दायर गरेको मुद्दामा अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आयोजना अगाडि बढ्नेमा अन्यौल भएको हो । हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले बुटवल–१३ मा सडकले आफ्नो जग्गा मिचेको भन्दै मुद्दा हालेको थियो ।

स्थानीय टेकबहादुर श्रेष्ठले पनि बुटवल–१४ मा आफ्नो जग्गा मिचिएको भन्दै दायर रिटमा पनि अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्माणको काम अन्यौलमा पर्ने देखिएको छ ।

पुस ४ गतेदेखि आन्दोलन सुरु गरेका स्थानीयले अहिले पनि विरोध जारी राखेका छन् । आफूहरुलाई विकल्प दिएर मात्र आयोजना अघि बढाउन माग गर्दै स्थानीयले हरेक दिनजसो प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले आयोजना अघि बढे आफूहरुको उठीबास हुने भन्दै अवरोध सिर्जना गरेकाले निर्माणको काम अवरुद्ध बनेको हो । तिनाउ र दानव नदी छेउँमा तटबन्धसहितको कोरिडोर निर्माणका लागि गतवर्षदेखि सरकारले काम सुरु गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको यो आयोजना मुलुककै नमूना मानिन्छ । तिनाउ र दानव कोरिडोर सडक निर्माणले बुटवल-मर्चवार जोड्ने छ । दुवै नदीमा नगरी करिव ५० किलोमिटर पर्ने आयोजनाका लागि चार अर्व १३ करोड लागत अनुमान गरी पहिलो चरणमा एक अर्व ३५ करोड रकम छुट्टयाइएको थियो ।

तर स्थानीयले कोरिडोरबाट क्षति हुने घर जग्गाधनीहरुलाई उचित ठाउँमा व्यवस्थापन नगरेसम्म र उचित क्षतिपूर्ति नदिएसम्म आयोजना अघि बढ्न नदिने भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । जसका कारण आयोजना अन्यौलमा परेको हो । संघर्ष समितिका अध्यक्ष आत्मराम रानाले आफूहरुको उचित व्यवस्थापन र क्षतिपूर्ति नदिएसम्म अवरोध नरोकिने बताए ।

डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिलेसम्म बस्ती नभएको क्षेत्रमा करिव २० प्रतिशत काम सकिएको छ । ‘स्थानीयको अवरोध नहुने हो भने चालु वर्षमै धेरै काम गर्न सकिन्छ, तर अवरोधका कारण आयोजना लम्बिने संकेत देखिएको छ’ डिभिजन प्रमुख जयलाल मरासिनीले भने ।

आयोजना अगाडि बढाउँदा स्थानीयलाई बस्ती भएको ठाउँमा व्यवस्थापन गर्ने जानकारी दिए पनि अवरोध भइरहेको उनले बताए । ‘विकासका काममा राजनीति गरेको जस्तो देखिएको छ, यसरी आयोजना अगाडि बढाउन समस्या हुन्छ, विकास निर्माणको अवरोधले स्थानीयलाई नै फाइदा गर्दैन’ उनले भने ।

डिपिआर भैसकेको मध्ये पहिलो चरणमा तिनाउतर्फ ८ र दानव नदीतर्फ ३ किलोमिटर सडक निर्माणको लागि गतवर्ष ठेक्का सम्झौता भएको थियो । नदी किनारमा विकास भइरहेका मानव बस्ती तथा ठूला शहरलाई जोड्ने र यातायातको सहज पहुँच वृद्धि गर्ने यो आयोजनाको उद्देश्य छ ।

तिनाउ कोरिडोर अन्तर्गत जिरो प्वाइन्ट (तिनाउ र दानव नदी छुट्टिएको ठाउँ) देखि मगरघाटसम्मको नदी किनारको दुवैतर्फ सडक निर्माण हुनेछ । पहिलो चरणको ठेक्का ३६ महिनामा सक्ने गरी किराँतेश्वर मैनाचुली अविसा जेवीले पाएको छ ।

जसअनुसार दानव कोरिडोरमा बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँसम्म सडक निर्माण हुनेछ । २७ महिनामा काम सक्ने गरी १९ करोड ४२ लाख रुपैयाँमा लामा बानियाँ जेवीसँग सम्झौता भई काम सुरु भएको छ । २२ मिटर चौडाईको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात रुख रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटर सडक संरचना हुनेछ । ७ मिटर कालोपत्रेले समेट्ने छ । सडकको दुवै किनारमा दुई–दुई मिटरको फूटपाथ हुनेछ । आधा-आधा मिटरको नाली हुने छ ।

सडक निर्माणका क्रममा ५५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन, १४७ वटा विद्युत पोल, कृषि कुलो दुईहजार मिटर र मठ मन्दिर १२ वटा प्रभावित हुने डिपिआरमा उल्लेख छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ५२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान