हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने « Khabarhub

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए ।

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : १९ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार