सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी « Khabarhub

सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो ।

‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वितरण गर्ने छौँ ।’आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने, ‘शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ।’

प्रदेश नीति तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : १७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका