सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी « Khabarhub

सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो ।

‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वितरण गर्ने छौँ ।’आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने, ‘शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ।’

प्रदेश नीति तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १० : १७ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार