ताप्लेजुङमा बृहत् स्वास्थ्य शिविरको आयोजना « Khabarhub

ताप्लेजुङमा बृहत् स्वास्थ्य शिविरको आयोजना


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार शिविरमा मुटु रोग विशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग ,हाडजोर्नी तथा नसा रोग, नाँक, कान तथा घाँटी रोग, यौन तथा छाला रोग, आँखा रोग, रेडियोलोजी सेवा, दन्त रोग तथा बाल रोग विशेषज्ञ सेवा प्रदान गरिने भएको छ ।

सिरिजंगाका ८ वटा वडामा प्रति वडा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था रहेका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिसाएर बनाइएको सिरिजंगा गाउँपालिकामा साविकका प्रत्येक गाविसका साविकका वडा क्षेत्रलाई टोल विकास संस्थाको कार्यक्षेत्र बनाएर टोल विकास संस्था गठन गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ५२ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार