राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु « Khabarhub

राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १९ जना राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रक्रिया आज सुरु भएको छ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने छ ।

मतदान माघ १२ गते तोकिएको छ। मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

सो निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन्।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने लागेको हो । राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : ०२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान