महागठ सुकेश भन्छन्– ज्याकलिनको प्रेममा थिएँ « Khabarhub

महागठ सुकेश भन्छन्– ज्याकलिनको प्रेममा थिएँ


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दुई सय करोडको ठगीको आरोपमा तिहाड जेलमा रहेका महाठग सुकेश चन्द्रशेखरको बारेमा नयाँ नयाँ कुराको खुलासा भइरहेका छन् । यो मामलामा हालसम्म नोरा फतेही, ज्याकलिन फर्नान्डिज जस्ता स्टार मुछिएका छन् । यो मुद्धाको अनुसन्धानताका सुकेशले ज्याकलिनलाई कैयौं महंगो उपहार दिएको खुल्नमा आएको छ ।

सुकेशको दाबी अनुसार ज्याकलिनसँग उनको प्रेम सम्बन्ध थियो, त्यहीकारण उनले करोडौं मूल्यको उपहार दिएका थिए ।

सुकेशका वकिल अनन्त मलिकले एक विज्ञप्ती गरेका छन्, जुन विज्ञप्ती सुकेशले लेखेका हुन् । विज्ञप्तीमा सुकेशले आफूलाई महाठग भनिएको आपत्ति जनाएका छन् । उनले आफूसँग पैसा लिएका जेलका अधिकारीसँग अनुसन्धान किन नगरिएको भन्दै प्रश्न पनि गरेका छन् । उनले आफूलाई हालसम्म दोषी नठहराइएकोले अहिले नै ‘ठग’ भनिनु गलत भएको उल्लेख गरेका छन् ।

‘म ज्याकलिनसँग प्रेम सम्बन्धमा थिएँ र यहीकारण नै मैले अभिनेत्रीलाई उपहार दिएको हुँ । यो मामलामा कुनै पनि लेनदेनको विषय मेरो जीवनसँग जोडिएका कुरा हुन् । यो मामलामा ज्याकलिन निर्दोष छिन्’, उनले भनेका छन् ।

दुई सय करोड ठगीको विषय सार्वजनिक हुनासाथ प्रवर्तन निर्देशनालयले कैयौं पटक ज्याकलिनसँग सोधपुछ गरिसकेको छ । उनीहरुले सुकेशले ज्याकलिनलाई दिएको सम्पूर्ण उपहार जफत गर्ने तयारी पनि गरिरहेको छ । निर्देशनालयले ज्याकलिनलाई भारतबाहिर जान पनि रोक लगाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : १९ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ