दमकमा पनि मनाइयो टोपी दिवश « Khabarhub

दमकमा पनि मनाइयो टोपी दिवश


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- हरेक अंग्रेजी वर्षको पहिलो दिन मनाउन थालिएको टोपी दिवश झापामा पनि मनाइएको छ ।

नागरिक स्तरबाट केही वर्षयता इस्वी सम्वत्को पहिलो दिनलाई नेपाली टोपी दिवश तथा नेपाली पोशाक दिवशको रुपमा मनाउन थालिएको हो ।

यसै अवसरमा जीवन चक्र समाजले शनिबार झापाको दमक चोकमा विशेष कार्यक्रम गरेको हो । जसमा सहभागी हुनेहरुलाई आयोजक संस्थाका तर्फबाट ढाका टोपी उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेले टोपीको महत्वबारे चर्चा गरेका थिए भने स्रष्टा बेनु चुँडालले सांगितिक तथा साहित्यीक प्रस्तुति मार्फत टोपीको महत्वबारे प्रष्टयाएका थिए ।

कार्यक्रममा दमक गर उपप्रमुख गीता अधिकारीसहित, स्थानीय नगरबासी युवा तथा ज्येष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बृद्धलाई सम्मान

नेपाली टोपी दिवशको अवसरमा आयोजित कार्यक्रममा १०८ वर्षीय एक बृद्धलाई ढाका टोपी ओढाएर र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

जानकी मेडिकलका डाइरेक्टर डा.राम प्रसाद उप्रेतीको प्रमुख उपस्थितीमा भएको सो कार्यक्रममा  झापा कमल ५ का १०८ वर्षीय रण बहादुर कार्कीलाई सम्मान गरिएको हो । सो अवसरमा डा. उप्रेतीले राष्ट्रियता बलियो पार्न प्रत्येक नेपाली जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित