सभापति देउबाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित « Khabarhub

सभापति देउबाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्।

सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन् ।

यस्तै उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का र मीन विश्वकर्मालाई पनि मनोनयन गरिएको छ ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था कांग्रेस विधानले गरेका छ। अब देउबाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने छन् । पहिलो पटकै मनोनित हुने चर्चामा रहेका महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल भने मनोनित भएनन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : ५० बजे

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू) 

काठमाडौं– सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी