सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ « Khabarhub

सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो ।

सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए ।

उनका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो ।

बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताउनुभयो ।

त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ३० बजे

बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश

बारा–३ र ४ मा रास्वपा विजयी

बारा– बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हरि ढकाल अगाडि

चितवन– चितवन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका

स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा

स्याङ्जा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा

दैलेख-२ मा एमालेका पोखरेलको अग्रता कायमै

दैलेख– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का