निवासमा गरिएका भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी « Khabarhub

निवासमा गरिएका भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन्।

भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो। म उनीहरुको आक्रोश बुझ्छु।’

तर, विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन्। लेबर पार्टीका नेता किर स्टार्मरले प्रधामन्त्रीले राजीनामा दिनुपर्ने पूर्ववत माग पुनः दुहोर्याए। भोज आयोजनाबारे प्रधानमन्त्रीकै पार्टी कन्जरभेटिभ भित्र पनि उनको विरोध हुँदै आएको छ।

सो विषयबारे छानविन गर्न गठित समितिले भोज रोक्न नेतृत्व विफल भएको बताएको थियो। वरिष्ठ सरकारी कर्मचारी सुसान ग्रेको नेतृत्वमा गठित समितिले कोभिडको समयमा भोज आयोजना गर्न अनुमति दिनुमा ‘नेतृत्व दोषी’ भएको बताएकी छिन्।

समितिले प्रधानमन्त्री निवासमा भएका १६ ओटा जमघटको अनुसन्धान गरेको थियो।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ४८ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क