एथलेटिक्समा भारतको ‘स्टारडम’ | Khabarhub Khabarhub

एथलेटिक्समा भारतको ‘स्टारडम’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विविध संस्कृति भएको, विशाल देश भारत। यो देशका केही यस्ता सकारात्मक पाटा छन्। सायद जसको चर्चा अहिले संसारले नै गर्न थालेको छ। खासमा भारतीयले गर्व गर्ने विषय त त्यहाँको पछिल्लो पुस्ताको क्षमतामाथि नै हो।

पछिल्लो पुस्ताका धेरै होनहार मध्य भारतले गर्व गर्नसक्ने एउटा नाम ज्योतिष अविज्ञ आनन्द हो। यी युवा ज्योतिष अहिले १६ वर्ष पनि पार भएका छैनन्। तीनै आनन्दले दुई वर्ष अघि नै सन् २०२० मा संसार महामारीले आक्रान्त हुने भविष्यवाणी गरेका थिए। आशा गरौँ, तीनै आनन्दको भविष्यवाणी अनुसार अबको केही महिमा कोरोना महामारीमा नयाँ ‘ ट्वीस्ट’ आउने छ र संसार फेरि पहिले जस्तै तनाव रहित र सुन्दर बन्ने छ।

त्यसो त भारतको युवा टोलीले क्रिकेट र चेस दुई खेलमा पाएका सनसनीपूर्ण सफलताका थुप्रै कथा लेखिन सक्छन्। अहिलेको इन्टरनेटको दुनियाँमा भारतीयको प्रभाव र पकडको त कुरै नगरौँ। इन्टरनेट हब सिलिकन भ्यालीमा प्रवेश गर्ने युवाले संसारका पायनीयर ठानिएका कम्पनीको नेतृत्व गरिरहेका छन्।

अहिलेको चर्चा भने थप केही भारतीय युवाको हो। जसका कारण त्यस देशको शान अझ बढेको छ।

कबड्डीका स्टार नवीन कुमार पछिल्लो समय भारतमा लोकप्रिय छन्। क्रिकेट, टेनिस , एथलेटिक्स जस्ता खेलाडीको रूपमा उनको लोकप्रियता त छैन। परन्तु, त्यहाँ कबड्डीको व्यावसायिक विकास भएसँगै दिल्लीको प्रतिनिधित्व गरेका उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन्।

भारतीय खेलकुदमा क्रिकेट, हक्की, टेनिस र ब्याडमिन्टनका स्टारको छायामा अन्य खेलाडी परे पनि यसबाट पार पाउँदै नवीन कुमारले पछिल्लो समय आफूलाई चर्चामा राख्न सफल भए ।

भारतीय खेलकुदमा क्रिकेट, हक्की, टेनिस र ब्याडमिन्टनका स्टारको छायामा अन्य खेलाडी परे पनि यसबाट पार पाउँदै नवीन कुमारले पछिल्लो समय आफूलाई पनि चर्चामा राख्न सफल भएका हुन्।

दक्षिण एसियामा जुनसुकै खेलको चर्चा बढी भए पनि निःसन्देह एथलेटिक्स नै संसारको महत्त्वपूर्ण खेल भएकोमा विमति हुन सक्दैन। यसै खेलमा ओलम्पिक स्वर्ण पदक त अझ बढी महत्त्वपूर्ण र चर्चा योग्य हुन्छ।

गएको टोकियो ओलम्पिकमा भारतले एक मात्र स्वर्ण पदक जिते पनि त्यो विशेष र गर्व लायक थियो। संसारका एक से एक महारथी देशलाई माथ खुवाउँदै यस पटक नीरज चोपराले सफलता पाएका थिए।

भारतीय सेनामा आबद्ध नीरज सन् २०१६ को यूथ विश्व एथलेटिक्स च्याम्पियनसीपपछि सरकारी जागिरे भएका थिए। त्यसै समयदेखि उनले मिसन ओलम्पिक विङ र पुनेको आर्मी स्पोर्ट्स इन्स्टिच्युटमा रहेर प्रशिक्षण गरेका थिए।

चार वर्षको अन्तरालमा लगातार मेहनत गरे पछि हरियाणाका यी खेलाडी ओलम्पिकमा व्यक्तिगत वर्ण जित्ने दोस्रो भारतीयको रूपमा कीर्तिमान कायम गर्न सफल भएका हुन्। ५० को दशकमा छाएका मिल्खा सिंहलाई भारतीय इतिहासकै सबै भन्दा माथिल्लो कोटीको एथलेटिक्स खेलाडी मानिन्छ। मिल्खाको युग पछि खडेरी परेको आभास भएको थियो।

त्यसो त सन् ८० को दशकमा पिटी उषा लगायत खेलाडीको कारण यदाकदा भारतीयको चर्चा नभएको होइन। परन्तु, एसियाली स्तरमा छाउने क्रम भने सन् २०१० को दशकमा नै बढी भएको थियो।

सन् २०१६ मा पोल्यान्डमा भएको विश्व यु–२० च्याम्पियनसीपमा नीरजले दक्षिण अफ्रिकाका जोहन गोब्लर र ग्रेनडाका पिटर एन्डरसनलाई पछि छाड्दै स्वर्ण पदक जितेका थिए।

त्यसै यूथ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका धेरै खेलाडी सन् २०१९ को विश्व च्याम्पियनसीपमा सम्ममा संसारको माथिल्लो कोटीको खेलाडीमा आफूलाई उभ्याउन सफल भइसकेका थिए।

अमेरिकाका स्प्रीन्टर नोह लायल्स र म्याग्नस र्नोम्यानको त त्यसको केही समयपछि नै संसारको स्टारको रूपमा छाएका थिए। यत्ति मात्र होइन अमेरिकाकै महिला स्प्रीन्टर क्यान्डेल हायस पनि २०१८ सम्मको सम्ममा संसारका तहल्का मच्चाउन सफल भएका थिए।

कतिपयलाई त यिनीहरूले केही वर्ष आफ्नो स्पर्धामा पकड राख्ने अपेक्षा गरिएको थियो। टोकियो ओलम्पिकमा ती सबै अनुमान गलत साबित भए। नीरजबाहेक पोल्यान्डको यूथ च्याम्पियनसीपका कुनै पनि स्वर्ण पदक धारीले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्न सकेनन्।

पोल्यान्डको यूथ च्याम्पियनसीपको दुई वर्ष पछि नै फिनल्यान्डको टेम्पारेमा भएको सोही प्रतियोगिताको अर्को संस्करणमा भारतकी हिमा दासले स्वर्ण पदक जितेकी थिइन्। यूथ च्याम्पियनसीपका स्वर्ण पदक विजेता जमेकाकी स्प्रीन्टर ब्रीयना विलियम्स भने अहिले संसारको शीर्ष कोटीको धाविकाको रूपमा आफूलाई स्थापित गर्न सफल भई सकेकी छिन्।

हिमा दासका लागि भने सन् २०१८ र २०१९ कै समय सबैभन्दा स्वर्णिम बनेको थियो। त्यस वर्ष कमनवेल्थ गेममा सहभागिता जनाएकी हिमाले इन्डोनेसियाको जाकर्तामा भएको आफ्नै पुरानो राष्ट्रिय कीर्तिमानलाई सुधार गर्दै रजत पदक जित्न सफल भइन्। सोही एसियाडमा हिमासहित एम आर पोभमा, सरिता गाई क्वाड, भिके भिष्मय सहितको रिले टोलीले उपाधिमा नै सफलता पाएको थियो।

यसैगरी, हिमा सहितको भारतीय टोलीले मिक्स चार गुणा ४ सय रिलेमा पनि रजत पदक जितेको थियो। हिमाको यस प्रदर्शनको बाबजुद सो एसियाडमा भने उनी भन्दा अन्य एथलेटिक्स खेलाडीले धेरै सफलता पाएका थिए।

त्यसको एक वर्षपछि हिमाले पोल्यान्डमा भएको ग्रान्डप्रीक्समा २ सय मिटरमा सफलता पाएकी थिइन्। सन् २०१९ को जुलाई महिना त हिमाका लागि यत्ति महत्त्वपूर्ण साबित भएको थियो। उनले एकै महिना तीन फरक प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन्। त्यसै वर्ष भएको विश्व च्याम्पियनसीप उनले ढाडको समस्याको कारण गुमाएको थिइन्। यी यावत सफलताका लागि हिमाले सन् २०१८ मा अर्जुन अवार्ड पाएकी थिइन्।

पछिल्लो समय चर्चा बाहिर रहेकी यी धाविकाका लागि सन् २०१८ को त्यो सफलता यस कारण पनि महत्त्वपूर्ण छ की भोगेश्वर बौराह पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने उनी आसामको पहिलो धाविकाको रूपमा पनि कीर्तिमान राख्न सफल भएकी हुन्।

भारतीय खेलकुदमै महत्त्वपूर्ण सफलता पाउने नीरजको हकमा भने यो यात्रा अलि फरक छ। हरियाणाको सामान्य आर्थिक अवस्था रहेको नीरजको परिवारको मुख्य आम्दानीको श्रोत कृषि नै थियो।

सन् २०१० मा भारतका परिचित ज्याभलीन थ्रोका खेलाडी जयवीर चौधरीले उनको प्रतिभा पहिचान गरेका थिए। कनै पनि प्रशिक्षण नगरेको नीरजले सुरुवातमै ४० मिटर भन्दा टाढा फ्याँकेर सबैलाई आश्चर्यमा पारेको थिए। त्यसको लगत्तै प्रशिक्षणका संलग्न उनले जिल्ला स्तरीय पहिलो प्रतियोगितामै कांस्य पदक जितेका थिए।

सन् २०१३ को विश्व यूथ च्याम्पियनसीपमा सहभागी उनी अर्को वर्ष बैंककमा भएको यूथ ओलम्पिकको छनोटमा रजत पदक जित्दै पहिलो अन्तर्राष्ट्रिय पदकको सफलता पाएका थिए।

सन् २०१५ मा केरेलामा भएको राष्ट्रिय च्याम्पियनसीपमा पाँचौँ स्थान पाउनुको बाबजुद उनी राष्ट्रिय प्रशिक्षण शिविरमा अटाए। यो शिविर नै उनको जीवनको कोल्टे फेर्नमा सबैभन्दा बढी सहयोगी भएको थियो। त्यसै शिविरमा उनले अन्य राष्ट्रिय खेलाडीसँग प्रशिक्षण गर्ने अवसर पाएका थिए। व्यवस्थित डाइट र जीवनशैलीका कारण यी प्रतिभाशाली खेलाडीको क्षमता परिष्कृत भएको थियो।

यसैको परिणाम थियो की, सन् २०१६ देखि २०२१ सम्मको सफलता। सन् २०१८ को एसियाडमा पनि नीरजले स्वर्ण पदक जितेका थिए। बीचमा चोटका कारण केही समय खेल भन्दा बाहिर रहेका उनले अन्ततः आफूलाई संसारकै स्टारको रूपमा स्थापित गराउन सफल भए।

पछिल्लो समय इन्टरनेटको संसारमा पकड, ज्योतिष शास्त्रमा सनसनी, क्रिकेट र चेसमा एक से एक युवा, सङ्गीत र कलामा पनि त्यसतै सनसनी पूर्ण युवा भारतमा नभएका होइनन्। यस बीचमा भारतका आकर्षण भने नीरज बनेका छन्। सायद विस्तारै हिमा दासको पनि त्यही सफलताको आसमा भारतीय रहेका छन्। एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : २२ बजे

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय