एमसीसीले राष्ट्रघात होइन, नेपालको विकास गर्छ : मीन विश्वकर्मा | Khabarhub Khabarhub

एमसीसीले राष्ट्रघात होइन, नेपालको विकास गर्छ : मीन विश्वकर्मा

‘एमसीसी सम्झौता प्रक्रियामा देउवा, ओली र प्रचण्ड सलंग्न छन्’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्र पेचिलो बहस चलिरहेको छ। एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दल सहमत भए पनि केही आन्तरिक कुरा बाँकी देखिन्छन्। यस्तो बेला गठबन्धन रहने वा टुट्ने भन्ने प्रश्न पनि पेचिलो छ। एमसीसी पारित गर्ने, एमालेले अवरुद्ध गरिरहेको संसद खुलाउने र चुनावको मिति तय गर्ने विषयमा कांग्रेसको धारणा कस्तो बन्दैछ ? भन्ने विषयको सेरोफेरोमा रहेर प्रतिनिधि सभा सांसद तथा कांग्रेस नेता मीन विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः

एमसीसीले त सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका बढाइदियो नि, किन ?
एमसीसी मात्रै होइन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल र बहस गर्दा यस्ता असन्तुष्टि हुन्छन्। गठबन्धनमा सबै पूर्वप्रधानमन्त्री छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्रीज्यू, माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, एमाले अध्यक्ष केपी ओली सबै पूर्वप्रधानमन्त्री हुनुहुन्छ। उहाँहरु सबै एमसीसीका विषयमा सुरुदेखि जोडिएका जिम्मेवार व्यक्ति हुन्। अहिले एमसीसीबाट कोही पनि भाग्न मिल्दैन। दोस्रो कुरा, निर्वाचन गर्नुपर्ने बाध्यता सरकारलाई भन्दा बढी सबै दललाई छ। यो सरकारको दायित्व भएकाले समन्वयन गर्ने जिम्मेवारी कांग्रेस सरकारले पूरा गरेको हो। यसमा सबै दल लाग्नु पर्ने भए पनि कांग्रेस नेतृत्वमा रहेका कारण छलफल, बहस र चुनावको मिति तोक्ने छलफल भएको हो। एमसीसी, चुनावको मितिका विषयमा राजनीतिक स्वार्थ र दाउपेच बनाउने होइन।

एममीसी नयाँ होइन, यसअघि पनि विदेशी अनुदान सबै दलले लिइसकेका छन्। यो विषयमा यसअघि नै सम्झौता भएको हो। एमसीसी कार्यान्वयन पनि सुरु भइसकेको छ। त्यसैले अहिले विरोध गर्नुको अर्थ छैन।

कांग्रेसलाई एमसीसी प्रिय बनेको किन ?
हामी नेपालीको ‘ऋणमा रमाउने, अनुदानसँग रिसाउने’ बानी छ। एममीसी नयाँ होइन, यसअघि पनि विदेशी अनुदान सबै दलले लिइसकेका छन्। हरेक सरकार विदेशी अनुदान लिएर काम गरिरहेका छन्। यो विषयमा यसअघि नै सम्झौता भएको हो। कार्यान्वयन पनि सुरु भइसकेको छ। त्यसैले अहिले विरोध गर्नुको अर्थ छैन। यो कांग्रेसका लागि एमसीसी प्रिय बनेको होइन कि सबै नेपाली जनताका लागि प्रिय हो। यसमा विवाद छैन। एममीसी पारित गर्ने विषयमा ऐन बनाउनुपर्ने बाध्यता छ। त्यो ऐन बनाएर भोलिका दिनमा संशोधन पनि गर्न सकिन्छ। संविधान नै संशोधन गर्न सकिन्छ भन्ने एमसीसी संशोधन गर्न किन गाह्रो ?

प्रधानमन्त्री देउवा त गठबन्धन नै तोडेर भए पनि एमसीसी पारित गर्न लागेको चर्चा छ अर्कोतिर फेरि ?
यो सरकार एमसीसी पारित गर्न बनेको होइन र एमसीसी पारित गर्दा ढल्छ भन्ने पनि होइन। यो गठबन्धन र गठबन्धनकै सरकार त संविधान जोगाउन, कार्यान्वयन गर्न र काम गर्न बनेको हो। त्यसैले यो सरकार नागरिकप्रति जिम्मेवार र उत्तरदायी छ। कांग्रेसले दायित्व निर्वाह गरिरहेका बेला फरकफरक मत आएका मात्रै हुन्। गठबन्धन तोड्ने, जोड्ने भन्ने होइन। कांग्रेस नेतृत्वको सरकार दायित्वबाट पन्छिन मिल्दैन। काम गर्न गठबन्धन बनेको हो। गठबन्धन जोगाउनै भनेर काम गर्न छाड्ने होइन।

यो सरकार एमसीसी पारित गर्न बनेको होइन र एमसीसी पारित गर्दा ढल्छ भन्ने पनि होइन। यो गठबन्धन र गठबन्धनकै सरकार त संविधान जोगाउन, कार्यान्वयन गर्न र काम गर्न बनेको हो।

एमसीसीमा माओवादी नेताहरुले चर्को विरोध गर्नुको कारण के हो ?
एमसीसी माओवादी सरकारमा हुँदा प्रक्रिया अघि बढेको विषय हो। अहिले माओवादी पनि सरकारमै भएका बेला उहाँहरुको विरोध बुझ्न सकिएको छैन।

एमसीसी संशोधनको मुद्दा पनि चर्किएको छ, यसमा देउवा किन तयार देखिनुहुन्न ?
एमसीसीबारे वास्तविकताभन्दा भ्रम धेरै फैलाएका छन्। संविधान संशोधन हुन्छ भने यो एमसीसी पनि संशोधन हुन्छ नि। एमसिसीले कसैलाई राष्ट्रघात र कसैलाई राष्ट्रवाद दिने होइन। बरु नेपाल विकास गर्ने अनुदान दिने हो। यसमा शंका गर्नुपर्ने कारण छैन। संशोधन गर्न सकिने सबै कुरा संशोधन हुन्छ। यसमा सबै तयार छन्। देउवा असहमत भन्ने हुँदैन।

गठबन्धनमै पेचिलो बनेको एमसीसी कसरी पारित हुन्छ ?
यो गठबन्धन काम गर्न बनेको हो। चुनाव गर्ने हो। एममीसी पारित गर्ने हो। संविधान कार्यान्वयन गर्ने हो। यो भनेको त काम गर्नैकै लागि गठबन्धन बनेको हो। त्यसैले सरकारले गर्ने काममा गठबन्धन चुक्दैन। गठबन्धन जोगाएर काम नगर्ने हो भने त्यो त पाँच दलकै लागि लज्जाकै विषय हो। कुनै विषय गठबन्धनलाई भारी भए विचार गर्ने हो। तर सरकारले काम गर्छ। त्यो पेचिलो भए पनि एमसीसी पारित हुन्छ, ढिलो चाँडो भन्ने मात्रै हो।

एममीसी पारित गर्ने हो। संविधान कार्यान्वयन गर्ने हो। यो भनेको त काम गर्नैकै लागि गठबन्धन बनेको हो। त्यसैले सरकारले गर्ने काममा गठबन्धन चुक्दैन। गठबन्धन जोगाएर काम नगर्ने हो भने त्यो त पाँच दलकै लागि लज्जाकै विषय हो।

एमालेले संसद चल्न दिँदैन, एमसीसी कसरी पारित हुन्छ ?
यो महत्वपूर्ण अनुदान हो। नेपालको सबैभन्दा ठूलो अनुदान दिने राष्ट्र अमेरिकाले दिएको अनुदान उपहार हो। यो एमसीसीका विषयमा धेरै शंका गरेर हुँदैन। जिन्दावाद र मुर्दावादले देशको विकास गर्दैन। एमालेले अवरोध पुर्याएको छ। तर, यो अनन्तकाल हुदैन। एमालेसँग संसद खोल्ने विषयमा सहमति हुन्छ। यसमा राष्ट्रिय सहमति आवश्यक छ। नेपालको नक्सा पास गर्ने कुरामा सहमति हुने राष्ट्रलाई अनुदान आएको विषयमा किन सहमति हुँदैन र ? आखिर एमसीसीका विषयमा सबै दलका सबै नेता सहभागी छन्। कोही पनि पन्छिन मिल्दैन।

अब प्रसंग बदलौँ, स्थानीय तहको चुनावमा बल्ल सहमति मिल्यो, तर कांग्रेस गठबन्धन तोडेर एक्लै चुनावमा जाने चर्चा छ नि ?
यो पार्टीले गर्ने निर्णय हो। यसमा पार्टीले निर्णय गर्न बाँकी छ। चुनाव जेठमा हुने हो। अहिल्यै हतार छैन। रणनीति बन्न सक्छ। अहिले सरकारले चुनाव गर्ने तयारी गरेको छ। गठबन्धन तोडेर चुनाव गर्दा चुनाव नै हुँदैन। चुनावसम्म गठबन्धन जान्छ। यसमा शंका छैन।

तीनै तहको चुनाव एकैपटक गर्दा कांग्रेसको स्वार्थ के हो ?
चुनावको मिति तय गर्ने विषयमा छलफल गर्दा विभिन्न धारणा आएका हुन्। यो कांग्रेसको स्वार्थ होइन। संविधान कार्यान्वयन गर्नैपर्ने भएकाले तीनै तहको चुनाव गरौँ भन्ने हो। तर त्यो भएन। पहिला स्थानीय तहको र पछि मात्रै संसदीय चुनाव हुने भयो। अहिले भनेको चुनाव गर्ने कांग्रेसको स्वार्थ हो। त्योबाहेक अरु तत्काल केही स्वार्थ छैन।

चुनावसम्म गठबन्धन लिएर एमालेलाई पराजित गर्ने योजना कांग्रेसको हो ?
यो कम्युनिष्टले बोल्ने शब्द हो। चर्को कुरा गर्ने काम नगर्ने प्रवृत्ति कांग्रेसको होइन। कसैलाई पराजित गर्ने कांग्रेसको उद्देश्य पनि हुँदैन। आफूले जित्ने रणनीति कांग्रेसले बनाउने हो। आफू हारे पनि कांग्रेसले २०६४ र २०७४ सालमा चुनाव गरेको थियो। त्यसैले अहिले सरकारले चुनाव गर्छ। हार र जित चुनावपछि मात्रै थाहा हुन्छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : २३ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै