पशुपतिनाथ मन्दिर परिसरमा कृपालु उद्यानको स्थानमा वन काली उद्यानको बोर्ड « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा कृपालु उद्यानको स्थानमा वन काली उद्यानको बोर्ड


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ मन्दिरको पावन परिसरमा कृपालु उद्यान लेखिएको बोर्डलाई हटाएर त्यसलाई वन काली उद्यान लेखिएको बोर्डले प्रतिस्थापन गरिएको छ ।

पुरातत्व विभागको आदेश बमोजिम पशुपति क्षेत्र विकास कोषले उक्त बोर्ड उच्च सुरक्षाका बिच प्रतिस्थापन गरेको थियो । उक्त बोर्ड पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन थापाको उपस्थितिमा गरिएको थियो ।

पुरातत्व विभागको मिति २०७७ पुस २८ गते र मिति २०७७ माघ ४ गते को पत्रानुसार पशुपति संरक्षित स्मारक क्षेत्र भित्र वन काली क्षेत्रमा राखिएको पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक महत्वमा आँच पुग्ने गरी राखिएको बोर्ड तुरुन्तै हटाई विभागलाई जानकारी गराउन भन्ने व्यहोराको पत्र प्राप्त भएको हो ।

उक्त पत्रअनुरूप कोषको नीतिगत निर्णय बमोजिम उल्लेखित स्थानमा रहेको कृपालु उद्यानको नाम रहेको बोर्ड हटाएर वन काली उद्यान, पशुपति लेखिएको बोर्ड राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर थापाले बताए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ३० बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान