पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता « Khabarhub

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आइरहेको पुष्पलाल स्मृति र्‍याङ्गकिंङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औँ संस्करण आगामी ३ देखि ७ फागुनसम्म आयोजना हुने भएको छ ।

ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघमा आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुलिस र एपीएफ क्लब गरी ५० संस्थाका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६औँ स्थानमा रहेका ), पुरुष एकल (१६औँ वरीयतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ वरीयतादेखि बाहेकका), महिला युगल (खुला), यु –१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरी १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : ०० बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको