पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता « Khabarhub

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आइरहेको पुष्पलाल स्मृति र्‍याङ्गकिंङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औँ संस्करण आगामी ३ देखि ७ फागुनसम्म आयोजना हुने भएको छ ।

ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघमा आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुलिस र एपीएफ क्लब गरी ५० संस्थाका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६औँ स्थानमा रहेका ), पुरुष एकल (१६औँ वरीयतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ वरीयतादेखि बाहेकका), महिला युगल (खुला), यु –१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरी १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४