महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो « Khabarhub

महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा कोरोना संक्रमितको सङ्ख्या ओरालो लाग्दै गएको छ । पीसीआर र एन्टिजेन प्रविधिवाट परीक्षण गर्दा कुल परीक्षणको जम्मा तीन प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा कोरोना माहामारीको तेस्रो लहर सुरु भएपछि २४० जनामा कोरोना पोजेटिभ थपिएका छन् । कोरोना पोजेटिभ भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको होम आइसोलेसनमा नै उपचार भइरहेको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

सोमबार २० जनामा पीसीआर प्रविधिवाट परीक्षण गर्दा जम्मा तीन जनामा कोरोना संक्रमण देखिएको र एन्टिजेट प्रविधिबाट ८७ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

जिल्लामा दोस्रो र तेस्रो लहर गरी तीन हजार ३२६ जना संक्रमित बनेका छन् । जसमध्ये ८५ जनाले ज्यान गुमाए भने २४० जना अझै होम आइसोलेसनमा छ्न् । तीन हजार ६ जनाले स्वास्थ्य लाभ गरी पूर्ण रुपमा निको भइसकेको कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

जिल्लामा अहिले तीनवटा कोभिड अस्पताल, ६५ वटा बेड, ३४ वटा एचडीयु, नौवटा आईसीयू र दुईवटा भेन्टिलेटर उपलब्ध छन् । दुईवटा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्तिको अभावमा सञ्चालनमा नरहेको स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

जिल्लामा खोप अभियानलाई समेत तीव्र बनाइएको छ । विद्यार्थीलाई लक्षित गरी ७४ हजार मोडर्ना खोप लगाउने तयारी गरिँदै छ भने दैनिक १५० जनाभन्दा बढी सर्वसाधारणले पहिलो र दोश्रो खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबारबाट बुस्टर डोजसमेत सुरु भएको छ । सोमबार मात्र २६४ जनाले बुस्टर डोज लगाएका थिए । त्यसैगरी खोप सबै सर्वसाधारणलाई उत्प्रेरित गर्न सरकारी कार्यालयमा सेवा लिन अनिवार्य खोप कार्डको चाहिने भएको छ भने कतिपय सरकारी कार्यालयले खोपसहितको सेवा प्रवाहलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : ३० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी