जेठ ४ मै स्थानीय तहको निर्वाचन हुन्छ– प्रधानमन्त्री देउवा « Khabarhub

जेठ ४ मै स्थानीय तहको निर्वाचन हुन्छ– प्रधानमन्त्री देउवा


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक नेताले भने ।

सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे मंगलबार निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : १६ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था