सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन « Khabarhub

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरूले आज पनि प्रदर्शन गरेका छन् ।

सिरहाको लहानमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । स्थगित गरिएको परीक्षा तत्काल सञ्चालन हुनुपर्ने मुख्य माग राख्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । विद्यार्थीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गरेका छन् ।

उनीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजीसमेत गरेका छन् ।

उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने भन्दै उनीहरूले विकल्प अघि सारेका छन् । विद्यार्थीहरूले माग तत्काल पूरा नभएसम्म आन्दोलन जारी राख्नेसमेत चेतावनी दिएका छन् ।

सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ५४ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा