बिनाअनुमति व्यवसाय गरे कारबाही: सर्लाहीका सीडीयोको चेतावनी « Khabarhub

बिनाअनुमति व्यवसाय गरे कारबाही: सर्लाहीका सीडीयोको चेतावनी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही जिल्ला प्रशासन कार्यालयले कानुनअनुसार अनुमति नलिई सञ्चालनमा रहेका व्यवसायका सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंगलबार सूचना जारी गर्दै कानुनी प्रक्रियाका साथै आवश्यक मापदण्ड पूरा नै नगरी सञ्चालनमा रहेका हरेक किसिमका व्यवसायका सञ्चालकलाई कारबाही गर्ने जनाएका हुन् ।

बिनाअनुमति सञ्चालित विभिन्न व्यवसाय तथा उद्योग, अस्पताल, फार्मेसी, शैक्षिक संस्था, कोचिङ सेन्टरलगायतलाई छिट्टै कानुनबमोजिम स्वीकृति लिन आग्रह गरिएको छ ।

बजार अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ११ : ४७ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय