जब रुसी मिडियामा युद्ध सकिनु अगावै जितको खबर छापियो « Khabarhub

जब रुसी मिडियामा युद्ध सकिनु अगावै जितको खबर छापियो


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसको समाचार संस्था रिया नोभोस्तीले युक्रेनमा युद्ध सकिनुअगावै जितको खबर छापेपछि हाँसोको पात्र बनेको छ । रियाका संवाददाता पिटर अकोपोभले ‘रुसको आगमन र नयाँ विश्व व्यवस्था’ शीर्षकमा लेखेको सम्पादकीय समाचारमा युक्रेनमा रुसी विजयको प्रशंसा गरिएको छ ।

समाचारमा युक्रेन रुसमा गाभिएको भन्दै ‘युक्रेनी समस्या’ समाधान गरेकोमा राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा समेत गरिएको छ ।

शीघ्र रुसी विजयको अपेक्षाका कारण चाँडो गरी उक्त समाचार प्रकाशन भएको हुनसक्ने बीबीसीले जनाएको छ । समाचारमा सन् १९९१ मा ‘नराम्रो विपत्ती’ सोभियत संघको पतन पछि रुस नयाँ विश्व व्यवस्थाको नेतृत्व गर्न फर्केको उल्लेख छ ।

समाचारमा मस्कोले ‘रुसी, बेलारुसी र साना रुसी (युक्रेनी)’ हरुलाई जोडिरहेको र यसका लागि पुटिनलाई जस दिइनुपर्ने उल्लेख गरिएको छ ।

‘युक्रेनी समस्याको समाधान भावी पुस्तामाथि थोपर्ने निर्णय नगरेर भ्लादिमिर पुटिनले ऐतिहासिक जिम्मेवारी बहन गरेका छन् ।’

युद्ध सकिनुअगावै छापिएको उक्त समाचार अहिले भने रिया नोभोस्तीले आफ्नो वेबसाइटबाट हटाएको बीबीसीले जनाएको छ । यद्यपि रियासँग अनुमति लिई समाचार छाप्ने केही साइटहरुमा भने अझै उक्त समाचार पढ्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ४३ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको