जब रुसी मिडियामा युद्ध सकिनु अगावै जितको खबर छापियो « Khabarhub

जब रुसी मिडियामा युद्ध सकिनु अगावै जितको खबर छापियो


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसको समाचार संस्था रिया नोभोस्तीले युक्रेनमा युद्ध सकिनुअगावै जितको खबर छापेपछि हाँसोको पात्र बनेको छ । रियाका संवाददाता पिटर अकोपोभले ‘रुसको आगमन र नयाँ विश्व व्यवस्था’ शीर्षकमा लेखेको सम्पादकीय समाचारमा युक्रेनमा रुसी विजयको प्रशंसा गरिएको छ ।

समाचारमा युक्रेन रुसमा गाभिएको भन्दै ‘युक्रेनी समस्या’ समाधान गरेकोमा राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा समेत गरिएको छ ।

शीघ्र रुसी विजयको अपेक्षाका कारण चाँडो गरी उक्त समाचार प्रकाशन भएको हुनसक्ने बीबीसीले जनाएको छ । समाचारमा सन् १९९१ मा ‘नराम्रो विपत्ती’ सोभियत संघको पतन पछि रुस नयाँ विश्व व्यवस्थाको नेतृत्व गर्न फर्केको उल्लेख छ ।

समाचारमा मस्कोले ‘रुसी, बेलारुसी र साना रुसी (युक्रेनी)’ हरुलाई जोडिरहेको र यसका लागि पुटिनलाई जस दिइनुपर्ने उल्लेख गरिएको छ ।

‘युक्रेनी समस्याको समाधान भावी पुस्तामाथि थोपर्ने निर्णय नगरेर भ्लादिमिर पुटिनले ऐतिहासिक जिम्मेवारी बहन गरेका छन् ।’

युद्ध सकिनुअगावै छापिएको उक्त समाचार अहिले भने रिया नोभोस्तीले आफ्नो वेबसाइटबाट हटाएको बीबीसीले जनाएको छ । यद्यपि रियासँग अनुमति लिई समाचार छाप्ने केही साइटहरुमा भने अझै उक्त समाचार पढ्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ४३ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली