वीरेन्द्रनगर : निषेधाज्ञाका बीच पनि प्रदर्शन « Khabarhub

वीरेन्द्रनगर : निषेधाज्ञाका बीच पनि प्रदर्शन


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन् । उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन् ।

निषेधाज्ञा उल्लङ्घन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।

ढुङ्गा प्रहारबाट नगर प्रहरीप्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी नौ सामान्य घाइते छन् ।

दुई सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनीका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी गरेको हो । हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफेड गरेका थिए ।

एमसिसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अर्काे निर्णय नहुँदासम्मका लागि आज बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। उनले आज दिनभरको स्थिति अनुसार पछि निर्णय लिइने जानकारी दिए।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ४८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ