रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे « Khabarhub

रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढी नागरिकले देश छाडेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण सुरु भएयता महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् ।

उनका अनुसार पोल्याण्डसँगको सीमामा मानिसहरूको भीड लागेको र पोल्याण्ड प्रवेश गर्न शरणार्थीहरूले ६० घण्टासम्म कुर्नु परिरहेको छ । रोमानिया–युक्रेन सीमा क्षेत्रमा पनि शरणार्थीको २० किलोमिटरभन्दा लामो लाइन लागेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा पुनः आप्रवासी र शरणार्थी संकट आउन सक्ने चिन्ता कायम रहेका बेला संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्तको कार्यालयको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ४७ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको