कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु « Khabarhub

कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ ।

सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका नेपालीहरूलाई ई–पासपोर्ट उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

दूतावासका अनुसार १५ फब्रुअरीसम्म आवेदन दिएका आवेदकहरूमध्ये ४२५ जनाको ई–पासपोर्ट राहदानी विभागबाट प्राप्त भइसकेकाले सोमबारबाटै राहदानी वितरण सुरु गरिएको जनाएको छ ।

यससँगै दोहामा रहेको नेपाली दूतावास विदेशमा रहेका नेपाली नागरिकलाई ई–पासपोर्ट सेवा सुरु गर्ने र ई–पासपोर्ट जारी गर्ने पहिलो नेपाली नियोग बनेको छ ।

यसअघि, दूतावासले ६ फेब्रुअरी मा प्रत्यक्ष नामाङ्कन प्रणालीमार्फत् ई–पासपोर्ट आवेदन प्राप्त गर्न थालेको थियो । कतारमा रहेका नेपाली नागरिकहरूलाई राहदानी विभागको वेबसाइटबाट इलेक्ट्रोनिक रूपमा ई–पासपोर्टका लागि प्रि–इनोल्मेन्ट फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामाङ्कनका लागि सम्बन्धित कागजातसहित दूतावास आउन अनुरोध गरिएको छ ।

हालको मेसिन रिडेबल राहदानी बहाल अवधि कायम रहेको मितिसम्म प्रयोग गर्न सकिने भएकोले मेसिन रिडबल राहदानीको बहाल अवधि बाँकी भएका व्यक्तिले ई–पासपोर्टका लागि आवेदन दिन नमिल्नेसमेत दूतावासले जनाएको छ ।

हाललाई मेसिन रिडेबल राहदानीको म्याद ६ महिना बाँकी रहेका नेपाली नागरिकहरूले आवश्यकताअनुसार ई–पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका