साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना « Khabarhub

साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना



दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् ।

मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए ।

साउदीस्थित कन कन्स्ट्रक्सन कम्पनीमा मेसन कामको लागि गएका उनीहरु कम्पनीले तलब नदिएपछि समस्यामा परेका हुन्। खानाको लागि पैसा माग्दा ५०/१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्।

म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म बुझाएर त्यहाँ पुगेका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको थियो। खानाको लागिसमेत पैसा नदिएपछि पानी पिएर काम गर्नु परेको तर कम्पनीका प्रतिनिधिले तनाव दिने गरेको पीडितहरूले बताएका छन् । बाहिरको पानी पिएर केही साथी बिरामीसमेत परेको उनले बताए।

‘कम्पनी प्रतिनिधि भन्ने एक जना केरेलाले आफूहरुलाई मानसिक टर्चर मात्र दिइरहन्छ ।,’राजदुत तामाङले भने, ‘अस्ति केही दिन अघि मात्र अर्का कम्पनीका प्रतिनिधि भन्ने इजिपसियन नागरिकले काम गर्दागर्दै हाम्रो एक जना अशोक यादव भन्ने साथीलाई बाथरुम गएको बेला एक्कासि कुटे ।’

‘ती कम्पनीका प्रतिनिधिले सबैको अगाडी घाँटी थिचेर लडाउन खोज्दा मैले हेरिरहन सकिन त्यसपछि मैले छुट्ट्याउन खोज्दा म माथि नै आक्रमण भयो,’ उनले थपे ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा पनि पहल नभएको उनले बताए । उनीहरुले साउदीमा जीवन सुरक्षित नभएकोले नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

मेरिडियन म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई पटक -पटक सम्पर्क गर्दा पनि बोल्न चाहेनन् । समस्या सुन्नै नमान्ने म्यानपावरमा आफन्त पठाउँदा ‘भाइहरू आत्तिएको मात्र हो सबै ठिक हुन्छ’ भनेर जवाफ दिने गरेका पीडितहरूले बताए ।

अलपत्र पर्नेहरूमा अशोक यादव, राजेन्द्र पासवान, धमेन्द्र कुमार यादव, काशीन्द्र दस, पदमबहादुर तामाङ, राजदुत तामाङ लगायत अन्य चार जना रहेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको