साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना « Khabarhub

साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना



दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् ।

मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए ।

साउदीस्थित कन कन्स्ट्रक्सन कम्पनीमा मेसन कामको लागि गएका उनीहरु कम्पनीले तलब नदिएपछि समस्यामा परेका हुन्। खानाको लागि पैसा माग्दा ५०/१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्।

म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म बुझाएर त्यहाँ पुगेका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको थियो। खानाको लागिसमेत पैसा नदिएपछि पानी पिएर काम गर्नु परेको तर कम्पनीका प्रतिनिधिले तनाव दिने गरेको पीडितहरूले बताएका छन् । बाहिरको पानी पिएर केही साथी बिरामीसमेत परेको उनले बताए।

‘कम्पनी प्रतिनिधि भन्ने एक जना केरेलाले आफूहरुलाई मानसिक टर्चर मात्र दिइरहन्छ ।,’राजदुत तामाङले भने, ‘अस्ति केही दिन अघि मात्र अर्का कम्पनीका प्रतिनिधि भन्ने इजिपसियन नागरिकले काम गर्दागर्दै हाम्रो एक जना अशोक यादव भन्ने साथीलाई बाथरुम गएको बेला एक्कासि कुटे ।’

‘ती कम्पनीका प्रतिनिधिले सबैको अगाडी घाँटी थिचेर लडाउन खोज्दा मैले हेरिरहन सकिन त्यसपछि मैले छुट्ट्याउन खोज्दा म माथि नै आक्रमण भयो,’ उनले थपे ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा पनि पहल नभएको उनले बताए । उनीहरुले साउदीमा जीवन सुरक्षित नभएकोले नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।

मेरिडियन म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई पटक -पटक सम्पर्क गर्दा पनि बोल्न चाहेनन् । समस्या सुन्नै नमान्ने म्यानपावरमा आफन्त पठाउँदा ‘भाइहरू आत्तिएको मात्र हो सबै ठिक हुन्छ’ भनेर जवाफ दिने गरेका पीडितहरूले बताए ।

अलपत्र पर्नेहरूमा अशोक यादव, राजेन्द्र पासवान, धमेन्द्र कुमार यादव, काशीन्द्र दस, पदमबहादुर तामाङ, राजदुत तामाङ लगायत अन्य चार जना रहेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको