मनमोहन स्मृति फुटबल : सेमिफाइनलमा चार टोली भिड्ने  « Khabarhub

मनमोहन स्मृति फुटबल : सेमिफाइनलमा चार टोली भिड्ने 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – १६औँ मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ को सेमिफाइनलका लागि ४ टिमको टुंगो लागेको छ।

बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बुटवलमा जारी प्रतियोगितामा शुक्रबार पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ११ र १७ भिड्नेछन् । शनिबार दोस्रो सेमिफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्नेछ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेतालाई ३० हजार रुपैयाँ नगदसहित कप, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : २५ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले