‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुल्ला, वैशाखदेखि टिभीमा हेर्न सकिने « Khabarhub

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुल्ला, वैशाखदेखि टिभीमा हेर्न सकिने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी वैशाखदेखि प्रसारणमा आउने भएको छ ।

बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ देखि ९ बजेसम्म इमेज टेलिभिजनबाट यो शो नियमित प्रसारण हुने निर्माण संस्था भ्वाइस स्टार नेपाल्सले बताएको छ ।

विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले होस्टको भूमिकामा हुनेछन् भने निर्णायकको रुपमा गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए ।

रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शोमा अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिका सहभागी हुन पाउने निर्माता जोशीले बताए ।

यो रियालिटी शोको अडिसन खुल्ला गरिएको छ । अडिसनका लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिङ सुपरस्टारको इमेलमा आफूले गाएको गीत (बढीमा दुई मिनेट सम्मको भिडियो) पठाउन भनिएको छ ।

विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ०१ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्