गठबन्धन नमान्नेहरूलाई कांग्रेस छाड्न नेता प्रकाशमान सिंहको सुझाब « Khabarhub

गठबन्धन नमान्नेहरूलाई कांग्रेस छाड्न नेता प्रकाशमान सिंहको सुझाब


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । उनले पार्टीको निर्णय नमान्नेहरुले पार्टी छाडेर जान सक्ने बताएका हुन्। काँग्रेसभित्र बसेर काँग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिँदा राम्रो हुने उनले बताए ।

यसपटक चुनावमा काँग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको कसले के गरेको छ एक एक हिसाब राखिने पनि सिंहले बताएका छन्।

गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवश्यकता भएको उनले बताए । संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानू पर्ने बाध्यात्मक अवस्था रहेकाले चुनाव सम्मै गठबन्धन कायमै रहने समेत उनको दाबी छ ।

पार्टीभित्रका केहीले क्रान्तिकारी बनेर गठबन्धनविरुद्ध बोल्दा जनतामा अनावश्यक भ्रम छर्ने काम गरेको उनले बताए। पार्टीभित्र एकथरी समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि चरित्र हत्या अभियानमा लागिरहेको पनि सिंहले बताए।

मुलुकमा भ्रम छरेर जनतालाई पटक पटक अल्मलाउने काम मात्रै भएकाले आफुहरुले अवसर पाउँदा गरेका कामबारे जनतालाई बुझाउन समेत कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय कमिटिले उम्मेदवारि सिफारिस गर्न नसकेर केन्द्र पठाएर केन्द्रीय नेताहरुलाई गालि गर्ने परम्परा यस पटक अन्त्य हुनु पर्नेमा उनले जोड दिए । त्यस्तै पार्टी विधानले दिएको अधिकार स्थानीय कमिटीले पालना गर्न सके उमेदवारि छनोटमा कसैको हस्तक्षेप नहुने पनि बताए ।

यसैबीच कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यीय मोहन बहादुर बस्नेतले यस पटक देशभर काँग्रेसको लहर आएको भन्दै सबैले मेहनत गर्ने बेला आएको बताए । त्यस्तै काठमाडौँ जिल्ला सभापति सबुझ बानियाँले भ्रमको पछि नलागि घर घरमा पुगेर काँग्रेसका पक्षमा मत माग्न आग्रह गरेका छन् ।

कार्यक्रममा काँग्रेस नेता तथा वरिष्ठ अधिबक्ता राधेश्याम अधिकारीले एमसीसीका विषयमा आएका भ्रम बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५० जना शुक्रबार काँग्रेस प्रवेश गरेका छन्।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै