स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन गर्दैनौँ : अध्यक्ष लिङ्देन  « Khabarhub

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन गर्दैनौँ : अध्यक्ष लिङ्देन 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। 

शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका हुन् । अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए । जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताए। उनले देश ३१ वर्ष निक्कमाहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप लगाए। 

जनसभामा राप्रपाका केन्द्रिय नेता विक्रम पाण्डे, हरी बहादुर बस्नेत, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ४८ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’