अफगानिस्तानमा अज्ञात बन्दुकधारीद्वारा पूर्व सुरक्षा अधिकारीको हत्या « Khabarhub

अफगानिस्तानमा अज्ञात बन्दुकधारीद्वारा पूर्व सुरक्षा अधिकारीको हत्या


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको फराह प्रान्तमा अज्ञात बन्दुकधारीले पूर्व सुरक्षा अधिकारीको हत्या गरेका छन् ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका पूर्व अधिकारी सुल्तान मोहम्मदको गोली हानी हत्या भएको अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीले समेत पुष्टि गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुल्तानले यसअघिको जागिर छाडेर पछिल्लो समय बजारमा पसल चलाएर गुजारा गर्दै आएका थिए ।

गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ सुरक्षा व्यवस्था निकै कमजोर हुँदै आएको छ ।

तालिबानका प्रमुख हैबतुल्लाह अखुन्दजादाले यसअघिको सरकारमा काम गरेका सुरक्षा अधिकारीलाई आम माफी दिने घोषणा गरेपनि उनीहरुविरुद्ध हुने हिंसा नरोकिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ३७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी