एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको उपमहासचिव ज्ञवालीको आरोप | Khabarhub Khabarhub

एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको उपमहासचिव ज्ञवालीको आरोप


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीपले राष्ट्र निर्माण र विकासका लागि नभई एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए। उनले नेकपा एमालेले राष्ट्रको हित,विकास,नेपाली जनताको सम्बृद्धिका लागी अगुवाई गरेको बताउदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे।

पूर्व मन्त्री ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको उनको जिकिर छ । उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि,विकास,नेपाली जनताको हकहित,नेपाली युवाहरुलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण गर्न एमालेले मत मागिरहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरुलाई देश विकास र समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४६ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल