स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई « Khabarhub

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ।

ररेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुमा अग्रता दिलाएका थिए।

४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए। त्यसैगरी खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए।

जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ। रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ३६ बजे

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो