खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा  | Khabarhub Khabarhub

खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो ।

१० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । ७९ वडाध्यक्षका लागि २७८ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४८८ जना, ७९ जना महिला वडा सदस्यका लागि २३० र ७९ जना दलित महिला सदस्यका लागि २१७ जनाको उम्मेदवारी परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ५९, वडा सदस्यमा १११, महिला सदस्यमा ४९ र दलित महिला सदस्यमा ४९ जनाको उम्मेदवारी कायम भएको छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा ७ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ३६, वडा सदस्यमा ६२, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यका लागि २९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा ३, उपाध्यक्षमा ४, वडाध्यक्षमा २० जना, वडा सदस्यमा ३८, महिला सदस्यका लागि १७ र दलित महिला सदस्यका लागि १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा ६ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा ३० जना, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ जना र दलित महिला सदस्यमा २१ जना, खोटेहाङ गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २५ जना, वडा सदस्यमा ४२, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १९ जना चुनावी मैदानमा छन् ।

यस्तै, रावाबेँसी गाउँपालिका अध्यक्षमा ४ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा २७, वडा सदस्यमा ३५, महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १८, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा ५, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ३८, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जना, बराहपोखरी गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा १७, वडा सदस्यमा ३८, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १४ जनाको उम्मेदवारी कायम भएको छ ।

केपिलासगढी गाउँपालिकामा ३ जना, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २२, जन्तेढुंगा गाउँपालिकामा प्रमुखमा ३ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्ष १८, वडा सदस्य ३२, महिला सदस्यमा १५ र दलित महिला सदस्यमा १३ चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४९ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ