नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै « Khabarhub

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ क्यानले शनिबार खेल तालिका संशोधन गरेको थियो ।

नयाँ खेल तालिकाअनुसार दुई देशबीच दोस्रो टी–ट्वान्टी खेल सोमबार र तेस्रो टी–ट्वान्टी खेल बुधबार हुँदैछ । दुई देशबीचको एकदिवसीय सिरिज भने बैशाख २३, २४ र २६ गते हुने भएको छ ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो । 

सिरिजमा नेपाली र जिम्बाब्वेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ०४ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६