नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै « Khabarhub

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ क्यानले शनिबार खेल तालिका संशोधन गरेको थियो ।

नयाँ खेल तालिकाअनुसार दुई देशबीच दोस्रो टी–ट्वान्टी खेल सोमबार र तेस्रो टी–ट्वान्टी खेल बुधबार हुँदैछ । दुई देशबीचको एकदिवसीय सिरिज भने बैशाख २३, २४ र २६ गते हुने भएको छ ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो । 

सिरिजमा नेपाली र जिम्बाब्वेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको