सलमानसँगको संवादपछि रिलिज तय गरेका थिए अजयले « Khabarhub

सलमानसँगको संवादपछि रिलिज तय गरेका थिए अजयले


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो ।

यसमा निर्माणसँगै निर्देशन समेत गरेका छन्, अजयले । उनले अन्तरवार्ताको क्रममा फिल्मको कथाले मन जितेकै कारण निर्देशन र निर्माण गरेको बताइसकेका छन् । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, क्यारीमिनाटी, बोमन ईरानीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म प्रदर्शनरत छ । केही वर्ष यता इदमा सलमान खानको फिल्महरू प्रदर्शन भइरहेका छन्। 

अघिल्लो वर्ष लकडाउनकै समयमा पनि सलमानले खुलेका केही थियटर र ओटीटीमा आफ्नो फिल्म ‘राधेु रिलिज गरेका थिए। सलमानको फिल्म इदमा आउने गरेकोले अन्य निर्माताले सो डेट हेर्ने गर्दैनन् । यद्यपि यो वर्ष सलमानसँग रिलिज गर्न कुनै फिल्म थिएन । तर उनको ‘टाइगर ३’ रिलिज हुने चर्चा नभएको होइन । 


यसैकारण आफ्नो फिल्म ‘रन वे ३४’ रिलिज गर्ने तयारी थालेपछि अजयले सलमानसँग संवाद गरेका थिए । सलमानले आफ्नो फिल्म नआउने पक्का गरेपछि मात्र अजयले इदको डेटमा फिल्म आउने घोषणा गरेका हुन् ।’सलमानले आफ्नो फिल्म नआउने भएपछि अजयलाई फिल्म हाल्न सल्लाह दिएका थिए । सलमानसँग फिल्म रिलिजको विषयमा संवाद गरेपछि उनी खुशी समेत भएका थिए । त्यसैले सलमानले फिल्मको टिजर र केही प्रचार सामग्री सामाजिक सञ्जालमा शेयर समेत गरेका छन्’ अजयका एक नजिकका साथीले बताए । 

फिल्म प्रमोसनको क्रममा अजयले फिल्मको सब्जेक्टले तानेकोले निर्देशन गरेको बताएका छन् । ‘मैले यो स्क्रिप्ट तीन वर्ष अगाडि नै सुनेको थिए । त्यो समयमा परिवर्तन गरेर ल्याउ भनेर पठाएँ । कोरोना भाइरसको कारण भएको लकडाउनमा मलाई यो स्क्रिप्टको याद आयो । र, मैले बोलाएर पढेँ’ अजयले भने ।

उनले भने अनुसार नै स्क्रिप्टमा परिवर्तन पाएपछि एक महिनामै फिल्म छाँयाकंनमा लगे । अजयले आफूले पहिले स्क्रिप्टमा निर्देशकको रूपमा जोडिएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ०१ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा