बलिउडबाट टाढिए यी अभिनेत्रीहरू  « Khabarhub

बलिउडबाट टाढिए यी अभिनेत्रीहरू 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा ब्रेक पायो भने लाइफ बन्छ भन्ने गरिन्छ । 

किनकी बलिउडको फिल्म मेकिङ र त्यहाँ पाइने दर्शक विश्वभर छन् । त्यसैले त्यहाँ डेब्यु गर्न निकै संघर्ष हुने गरेको छ । डेब्यु फिल्म मार्फत नै चर्चा पाउन सके करियरले गति लिन्छ । केही फिल्म अपवादका रुपमा छन् ।

जहाँ खान स्टारकै फिल्म मार्फत बलिउडमा इन्ट्री गरेका केही अनुहारलाई भने दर्शकले स्वीकारेनन्, जसले गर्दा उनीहरूको बलिउड यात्रा छोटो भयो भन्दा फरक नपर्ला । केही कलाकारहरू बलिउडमा शानदार इन्ट्री गरेर दर्शकको मन जित्न नसक्दा गुमनाम समेत बनेका छन् ।

बलिउडमा एक सय करोड क्बलमा इन्ट्री भएको फिल्म ‘गजनी’ मार्फत डेब्यु गरेकी एक्ट्रेस हुन् आसीन । सन् २००८ मा उनले आमिर खानको को–स्टार हुँदै बलिउडमा प्रवेश गरेता पनि पछिल्लो समय उनी अभिनीत फिल्म छैनन् । पछिल्लो पटक सन् २०१५ मा रिलिज भएको फिल्म  ‘अल इज वेल’ मा देखिएकी आसीन बिजनेसम्यान राहुल शर्मासँग विवाहित जीवनमा छिन् ।

सन् १९९५ मा रिलिज भएको फिल्म ‘बरसात’ मार्फत बलिउडमा इन्ट्री गरेकी ट्विन्कल खन्नाले पनि आफ्नो यात्रालाई निरन्तरता दिन सकिनन् । उनले डेब्यु फिल्ममा बबी देओल को–स्टार भएकी थिइन् । यसै फिल्म मार्फत बबीले पनि डेब्यु गरेका थिए । ट्विन्कलले डेब्युपछि राम्रो–राम्रो फिल्ममा काम गरिन् । सन् २००१ मा पछिल्लो पटक ‘लभके लिए कुछ भी करेगा’ मा देखिएपछि उनले एक्टर अक्षय कुमारसँग विवाह गरिन् । त्यस यता उनले अक्षयको पत्नीकै पहिचान बनाइन । अर्थात् उनले अभिनयलाई छाडेर आफूलाई निर्मात्रीको रुपमा अगाडि ल्याइन् ।

बलिउडमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टीले पनि डेब्युमा निकै चर्चा पाइन् । शिल्पा चर्चामै रहँदा बलिउडमा उनले सन् २००० को ब्लकबस्टर फिल्म ‘मोहब्बते’ मार्फत इन्ट्री गरिन् । पछिल्लो समय उनी बलिउडमा फाट्टफुट्ट रुपमा देखा परिरहेकी छिन् भने साउथ इण्डियन फिल्ममा पनि अवस्था त्यस्तै छ । उनलाई दर्शकले एक्ट्रेसको रुपमा चिनेनन् । त्यसैले गर्दा उनको यात्रा अब वेब सिरिज तर्फ बढ्दो छ । 

बलिउडमा शानदार इन्ट्री गर्ने अर्को सुन्दरीमा पर्छिन्, ग्रेसी सिंह । उनले बलिउडमा सन् १९९९ मा पाइला टेकिन् तर उनलाई चिनाउने फिल्म बन्यो ‘लगान’ । यो फिल्म सन् २००१ मा रिलिज भएको थियो । 

इन्डियामा क्रिकेटको लोकप्रियता बढ्दै गर्दा बनेको फिल्ममा आमिर खान लिड एक्टर थिए । ग्रेसीले त्यसपछि अभिनय गरेको फिल्म हो, गंगाजल । यस्ता फिल्म पाउँदा पनि आफ्नो करियरलाई उकालो लगाउन नसकेकी ग्रेसी पछिल्लो समय सन् २०१३ मा रिलिज भएको फिल्म  ‘ब्लु माउन्टेन’ मा देखिएकी थिइन् । बलिउडसँगै मराठी, बंगाली, पन्जाबी, तेलुगु भाषाका फिल्ममा समेत देखिएकी उनले अभिनयलाई ठुलो पर्दामा निरन्तरता दिन सकिनन् ।

सन् २००४ मा रिलिज भएको फिल्म ‘टार्जन: द वन्डर कार’ मार्फत बलिउडमा इन्ट्री गरेकी एक्ट्रेस हुन् आयशा टाकिया । डेब्यु फिल्म बक्स अफिसमा हिट नभएता पनि उनलाई भने चर्चामा ल्यायो । उनको मुस्कानलाई दर्शकले रुचाए । त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरिन् तर उनकै कारण फिल्म चलेको चर्चा भएन । पछिल्लो समय सलमान खानसँग फिल्म वान्टेडमा समेत देखिएकी आयशालाई केहि फाईदा भएन । 

उनलाई पछिल्लो समय सन् २०११ को फिल्म ‘मोड’ मा देखिएको थियो । आयशाले सन् २००९ मा फरहान आजमीसँग विवाह गरेपछि बलिउडलाई बिस्तारै बाई भनिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ५० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा