बन्ला त हिन्दी रिमेक ? « Khabarhub

बन्ला त हिन्दी रिमेक ?


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– केही समय अगाडिसम्म साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने प्रचलन बढ्दो थियो । 

यद्यपि पुष्पाको सफलताले त्यसलाई केही हदसम्म रोकेको छ । साउथ इन्डियन फिल्महरू हिन्दीमा रिलिज हुनु र उनीहरूले नर्थ इन्डियामा पनि दर्शक पाउनुले रिमेक कम हुँदै गइरहेको छ । पुष्पाको सफलता पश्चात आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेका छन्। यसैले गर्दा साउथकै रिमेक बच्चन पाण्डे , हिरोपन्ती २ जस्ता फिल्महरू सफल हुन् सकेका छैनन् । 

यसैले गर्दा विजय देवरकोण्डा अभिनीत फिल्म ‘वर्ल्ड फेमस लभर’ को रिमेक बन्ने खबर चर्चामै सिमित छ । फिल्म  ‘अर्जुन रेड्डी’ ले पाएको सफलता मार्फत ‘स्टार’ को ट्याग पाएका अभिनेता विजय अभिनीत फिल्म ‘गीता गोविन्दम’ ले पनि उस्तै सफलता पायो । ‘डियर कामरेड’ मार्फत चर्चा बटुलेका विजय ‘वर्ल्ड फेमस लभर’ लाई बलिउडका हिट मेकर करण जोहरले हेरेपछि रिमेक गर्ने बनाएका थिए ।

‘वर्ल्ड फेमस लभर’ को स्क्रीनप्लेमा केही बदलाव ल्याउँदै फिल्म बनाउने पक्षमा करण पुगेको भारतीय मिडियामा खबर नआएका होइनन् । यद्यपि हालै शहीद कपूर अभिनीत फिल्म ‘जर्सी’ को असफलता पश्चात करणले साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने सम्भावना निकै कम छ । 

उनले पनि अन्य निर्माता झैँ हिन्दी राइट्स खरिद गरेर सेम डेटमा फिल्मलाई दर्शक माझ पुर्‍याउने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले