भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित | Khabarhub Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँको कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण हाल बढ्न थालेको बताइएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो ।

२४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल  राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८ सय ४३ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायता सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायता सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाको समयावधिमा दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार  २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : १४ बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति