इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता : नवराजलाई स्वर्ण | Khabarhub Khabarhub

इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता : नवराजलाई स्वर्ण


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका नवराज पराजुली आठौँ इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे ।

पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३० केजीमा नेपालका सचिन राईले भारतका मणि, २९ केजीमा नेपालका रमित महर्जनले भारतका लक्षित र २५ केजीमा भारतका हसिकले नेपालका साङ्गे तामाङलाई हराउँदै पहिलो भए । नेपालका कविन देशारले पनि पुरुष ५५ केजीमा स्वर्ण जिते ।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नेपालकी सुरक्षा केसीले भारतकी मराना प्रिया, ४५ केजीमा भारतकी सायाश्रीले नेपालकी पलिस्था कक्षपति, २५ केजीमा नेपालकी कुसुम लामाले भारतकी तमिल तथा ४५ केजीमा नेपालकी रिना माझीले भारतकी रभाथीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे । महिला ४० केजीमा नेपालकी सलिना राईले स्वर्ण चुमिन् ।

दुईदिने प्रतियोगितामा ५२ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच भिडन्त भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ०८ बजे

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै  

काठमाडौं– सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर

मान्म– कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक

२ हजारभन्दा तल झर्‍यो नेप्से, सबै उपसूचक राताम्मे 

काठमाडौं- नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा