इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता : नवराजलाई स्वर्ण « Khabarhub

इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता : नवराजलाई स्वर्ण


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका नवराज पराजुली आठौँ इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे ।

पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३० केजीमा नेपालका सचिन राईले भारतका मणि, २९ केजीमा नेपालका रमित महर्जनले भारतका लक्षित र २५ केजीमा भारतका हसिकले नेपालका साङ्गे तामाङलाई हराउँदै पहिलो भए । नेपालका कविन देशारले पनि पुरुष ५५ केजीमा स्वर्ण जिते ।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नेपालकी सुरक्षा केसीले भारतकी मराना प्रिया, ४५ केजीमा भारतकी सायाश्रीले नेपालकी पलिस्था कक्षपति, २५ केजीमा नेपालकी कुसुम लामाले भारतकी तमिल तथा ४५ केजीमा नेपालकी रिना माझीले भारतकी रभाथीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे । महिला ४० केजीमा नेपालकी सलिना राईले स्वर्ण चुमिन् ।

दुईदिने प्रतियोगितामा ५२ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच भिडन्त भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ०८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको